मेरो प्रत्येक क्षण
जीवनमय
बनाइदिने तिम्रा साथ
पाएको विस्तृत संसार
उडेको खुला आकाश
मैले चाहिंन कुनै दिनमा बाँधिन
टाढै रहंदा पनि
तिम्रो सम्झना ओढेर हिंडिरहेछु
हाम्रो मायालाई देखाएर वा लुकाएर
औपचारिक अनौपचारिक बनाएर
प्रत्येक मिलि सेकेण्ड प्रेमको भरोसामा
बाँचिरहेको म
दिन दिनमा टुक्रयाउन चाहिनँ
स्नेह सायमि