समाचार

मेरो सुन्दरतामा
तिमीलाई मन पर्ने रुप
खोज्दाखोज्दै
म आफैंँ कुरुप भैसकेछु
मलाई थाहानै भएन
भिडको चिच्याहट सुन्नै नसकेर
भाग्दा भाग्दै
म आफैंँ भीड भैसकेछु
अघि अघि दौडेको आफूभन्दा अग्लो
आकृती भेट्न
दौडँदा दौडँदै
म आफैं छाँया भैसकेछु
मलाई पत्तै भएन्
म आफैं आफूसँग
झगडा गर्दागर्दै
आफ्नै दुश्मन भैसकेछु
आफ्नै पैतालाहरुको गति बिर्सिने
आँखाहरुको बिसौनी बिर्सिने
आफैंलाई बिर्सिने
म को हु??
हो म तिम्रो आँखाको छारो हुँ
जो तिम्रा खुशीका लागि
अँध्यारो भैसकेको छ ।
वरुण रिजाल