• २०८० असोज ८ सोमबार

तिमी गएको बाटोमा

ईश्वर थापा

ईश्वर थापा

तिमी गएको बाटोतिर
तिमीलाई हेरिरहँदा हामी बच्चा थियौँ
वर्षौँपछी,
तिमी त्यही बाटोबाट फक्र्योली
म त्यही बाटोमा कतै ठेस खाँदै हुँला
मेरो साथमा मेरो बच्चा होला
या होला मेरो बच्चा जस्तै जिस्कने बानी
जुन तिमीलाई अत्ति मन पथ्र्यो
र मेरो बानी हाम्रो बानी भएको थियो

तिम्रो साथमा पनि बच्चा होला
या होला बच्चाजस्तै झगडा गर्ने बानी
जुन मलाई अत्ति मन पथ्र्यो
र तिम्रो बानी हाम्रो बानी भएको थियो
हाम्रो साथमा बच्चा नभएर
बानी भए त ठिकै छ

तर हाम्रो साथमा बच्चा भयो भने,

मेरो बच्चा मेरो हुनेछ
तिम्रो बच्चा तिम्रो हुनेछ
यानेकी हाम्रो हुनेछैन

हामी त छुटेको धेरै समयपछी मिलेका हौँ
मिलौँला
तर हामी बच्चाहरुलाई मिल्न नदिऔँ ल
यदि यिनीहरु पनि मिले भने
हामी जसरी नै छुट्टिने छन्
र आश गर्दै बस्ने छन् हामी जसरी नै मिल्ने दिनको
जुन सम्भव नहुन सक्छ ।

हेर न
बच्चामा, ठूलो भएपछी
बचपन याद आउँदा
तिमी खुसी हुन्छ्यौ भनेको दिनदेखि
म आजसम्म पनि बच्चाको जस्तै व्यवहार गर्छु
बहुत गाह्रो हुन्छ
कसैसङ्ग मिल्नको खातिर आफैसङ्ग छुट्टिँदा


ईश्वर थापा