• २०८२ भाद्र २९, आईतवार

देश

एस आर ढकाल

एस आर ढकाल

चिल्ला गालाहरु चाउरी परि सकेका छन
अब त घुँडाहरुले पनि भारीले थिचिएर
बेथा दिन थालेका छन्
यो देश हो
देश भनेको बाहुन्
बा भनेको जनता हुन्
परिवर्तन आएन
सपना बुन्नेहरु त रंगिन बने
तिमी त्यहां म यहा
पीडा यस्तै छ
यो भारी पनि त देशहो
देश भनेको जनता हुन
जनता भनेको बाहुन

सन्तानको आयतनसंगै
अभावहरु चुलिदै गए
यो भारीको पनिआयतन बढ्दै गयो
गल्न पाएनन गोडाहरु
झिकिएन यो नाम्लो
सुकेन पिठ्यूँको पसिना
निरन्तर निरन्तर आशाको त्यान्द्रो फ्याक्यौ
कहिले बाटो भन्यौ
खोई आएन
अस्पताल भन्यौ
सिटामोल पाएन

तिमी पनि यहीँ थियौ
आउन छाड्यौ
चिल्लो भयौ
म घस्रिदा घस्रिदै फुस्रो भएँ
सपनाहरु मेरा पनिथिए
विश्वासका माटोका बाटोका
तिमीले झुक्कयाइरह्यौ
मैले पत्याई रहेँ

अब त सूर्यास्तको पर्खाईमा छ जिन्दगी
यथार्थका पाइलाहरु टेक्न सक्छौ भने
हिम्मत गर
छ जस्तो लाग्छ
एक जुवा जीन्दगी त
नढाँट, नठग माटोलाई
एक पित्को भएपनि
अझै
परिवर्तनको पर्खाई मरिसकेको छैन
कामना गर्दछु महाशय !
यो वेथिती पुस्तान्तरण नहोस ।


–एस आर ढकाल
[email protected]