• २०८१ माघ ५ शनिवार

नेपाल स्रष्टा समाजको १६औँ वार्षिकोत्सवमा विशेष गोष्ठी तथा स्रष्टा सम्मान

काठमाडौं ।

नेपाल स्रष्टा समाजले आफ्नो स्थापनाको १६औँ बर्षको बार्षिक उत्सव मनाएको छ । उक्त १६ औँ वार्षिकोत्सवको अवसर पारेर विशेष विचार गोष्ठी र स्रष्टा सम्मानको कार्यक्रम आयोजना गरेको थियो । गोष्ठीमा ‘दक्षिण एसियामा नेपाली साहित्य’ विषय माथि साहित्यकार हरू प्रा. डा. अभि सुवेदी, महेश पौडेल र भीष्म उप्रेतीले विष्लेषण गरेका थिए ।

शनिबार राष्ट्रिय नाचघरस्थित हरिप्रसाद रिमालकक्षमा सम्पन्न कार्यक्रममा स्रष्टा समाजले संस्थापक स्रष्टा समाजका अध्यक्ष चर्चित कवि शैलेन्द्र साकारलाई सम्मानित गर्यो । सोही अवसरमा ‘प्रसिद्ध कँडेल युवा स्रष्टा सम्मान २०७९’ युवाकवि नवराज पराजुलीलाई समर्पण गरियो । ४० वर्षभन्दा कम उमेरका स्रष्टालाई प्रदान गरिने सो सम्मानका साथ ११ हजार १११ रुपैयाँ नगद प्रदान गरिएको छ ।

सो पुरस्कार सीता कँडेल र चेतनाथ कँडेलले आफ्ना छोरा प्रसिद्ध कँडेलको स्मृतिमा स्थापना गरेका हुन् कार्यक्रमका प्रमुख अतिथि साहित्यिक पत्रकार नगेन्द्रराज शर्माले दुवै स्रष्टाहरूलाई सम्मानपत्र समर्पण गरका थिए ।कार्यक्रममा प्रा. डा. अभि सुवेदीले साहित्यले नै सबैलाई जोड्ने कुरामा जोड दिए । प्रा. डा. सुवेदीले भने, “हामीले साहित्यमा मौलिकताको खोजि गर्नुछ । साहित्यबाटै हामीले आफ्नो पहिचान कायम गरौँ ।”

समारोहमा पुरस्कृत कवि नवराज पराजुलीले आफ्नो कवितावाचन गरेका थिए भने प्रमुखअतिथि नगेन्द्रराज शर्मा, पवन आलोक, श्रीओम श्रेष्ठ रोदन, चेतनाथ कँडेल, देविका तिमिल्सिना लगायतले बोलेका थिए ।