समयले मलाई
उसंग नब्बे मिनेट खुट्टाको बल खेल्न
आग्रह गर्यो
मैले नाइँ भन्न सकिन
उसले बलको सट्टामा
मलाइ खेली रह्यो
र म पनि खेली रहेँ
नब्बे मिनेट सकिएर हामी तीस मिनेट हुँदै
कति बेला टाइ ब्रेकरमा पुगेछौँ
र म हारेछु !
समयले मलाई हराएछ
मेरो हारमा म दुखी छैन
केही त सिकेकै छु, लडे पछि उठनलाई
तर मनमा एउटा प्रश्न गढी रह्यो
सबै खेलहरु जित्नकै लागिमात्र किन खेलिन्छ्न ?
कहिले काहीँ त जानीजानी हारी दिनलाइ खेल्दा पनि हुदैन र ?
विवेकदुलाल ‘क्षेत्री’ दमक
दमकबजार, झापा, हालःअबुधाबी, युएइ ।