• २०८० असोज ७ आइतबार

परिचय

आर्यश शर्मा घिमिरे

आर्यश शर्मा घिमिरे

तिम्रो सोकेसमा सजिएका
किताबहरु मध्यकै
सबैभन्दा दुःखी किताब हुँ म

आफैँ सँग विलौना गरिरहेको
केही पनि नभएको जस्तो
कोहि पनि नभएको जस्तो

म त्यही किताब हुँ

धेरै पहिले
कुनै पुरानो पुस्तकालयबाट
निक्कै जतनले सुटुक्क टिपेका थियौ तिमिले

बर्षौसम्म
सजाइराख्यौ आफ्नो सोकेसमा

हावाका झोँकाहरु सँगै आएका
धूलोकणहरुले रंगिरहेँ म

कहिले
मेरै ढाडमाथी ओछ्याएर श्वेत कागज
कुन्नी केके ! के-के
ककेरमेट- केरमेट गरिरहन्थ्यौ तिमी

प्रत्येक सरस्वती पुजामा
सुम्सुम्याउँदै चढाउने गर्थ्यौ
अवीर/ केशरी/ फुलपाती र नैवेध

हेर न आज !
यत्तिका बर्षपछी एक्कासी !
तिमिलाइ मेरो याद आएको बेला

म- त
च्यातिदाँ च्यातिदाँ
बाँकी रहेको कागजको टुक्रा मात्रै भएछुँ
फगत ! कागजको टुक्रा

केही पनि नभएको जस्तो
कोहि पनि नभएको जस्तो

मेरो कुनै सुरुवात छैन
मेरो कुनै अन्त्य छैन

मेरो कुनै कहानी छैन


आर्यश शर्मा घिमिरे, ललितपुर


जंगलीबूटी

फरक– १८

देशक हाल

दो गजलेँ