• २०८१ फागुन ३ शनिवार

बादल

एल्वी सिनेर्वो

एल्वी सिनेर्वो

माथि आकाशमा
घुमिरहेका थिए बादल
जस्तो कि
मैले बाल्यकालमा देखेका सपना
जस्तो कि
मैले बाँचेका ती दिन ।

माथि आकाशमा
बादल घुमी रहेका थिए
बताश चल्यो
र तिनीहरूलाई उडाई लग्यो
त्यसपछि मैले तिनीहरूलाई
फेरि कहिले पनि देखिन ।

अनुवादः राजेन्द्र शलभ