• २०८१ फागुन १ बिहीबार

गजल

हुसैन खाँ

हुसैन खाँ

याद आयौ मलाई डहरमा
फर्कि आएँ म तिम्रो सहरमा

बास देऊ दिलैमा मलाई
साथ नैं  दिन्छु आठौं पहरमा

प्रेम सागरमा तूफान आए
सङ्ग सङ्गै रहूँ  म लहरमा

तीता- मीठा गजल गीत लेख्दा
घूमि राखौंँ  म तिम्रो बहरमा

भ्रष्ट सत्ताले गर्दा  ’हुसैन’
देश डूब्यो विदेशी रहरमा ।


हुसैन खाँ, नेपाल
[email protected]