• २०८१ भाद्र २६ बुधबार

प्रेम प्यास हो

बसन्त चौधरी

बसन्त चौधरी

प्रेम प्यास हो भने
कहिल्यै नमेटियोस्,
प्रेम आश हो भने
जीवनभरि भेटियोस् ।

कोही अरूसँग तिमी छौ
यो सहन कहाँ हुन्छ ?
सपनामा राख्न सकूँ
त्यो सदन कहाँ बन्छ ?

तिमीलाई आँखामा राखूँ
अरूले देख्ने डर छ,
तिमीलाई मुटुमा राखूँ
मुटुनै दुस्मन बन्छ ।

दुनियाँमा अदृश्य होऊ
मेरो कल्पनामा आऊ,
यो कठोर दुनियाँमा
यसरी माया जोगाऊँ ।

साभार: मेघा (कवितासङ्ग्रह)


[email protected]
(चौधरी विशिष्ट साहित्यकार हुन् ।)