• २०८० असोज १३ शनिवार

‘हरि अभिनवविद्वत प्रतिभा पुरस्कार’ डा. रामप्रसाद ज्ञावलीलाई

२०७९ कार्तिक, अभिनव साहित्य समाजको आयोजनामा पुरस्कार अर्पण, पुस्तक लोकार्पण तथा साहित्यिक कार्यक्रम सम्पन्न गरिएको छ । गोकर्णेश्वर नगरपालिका ५ जोरपाटी, नयाँ बस्ती भैरव स्मृति हलमा वरिष्ठ विमल अर्यालको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा साहित्यिक पत्रकार रोचक घिमिरेले नगद रू ३०,००० तीस हजार र ‘हरि अभिनवविद्वत प्रतिभा पुरस्कार’ समालोचक प्रा. डा. रामप्रसाद ज्ञवालीलाई प्रदान गर्नुभयो ।

उक्त कार्यक्रममा सर्वानन्दा सरस्वतीद्वारा लिखित ‘देशको खबर’ गीतिसङ्ग्रहको पनि लोकार्पण गरिएको थियो । सम्मान लोकार्पणसहित नियमित २४९ औं श्रृङखलामा कवि गीतकारहरूले रचना वाचन गरेका थिए । उक्त कार्यक्रममा प्राज्ञ विष्णु प्रभात, गोपाल बराल, नवराज पुडासैनी ज्योत्सना, बाजुराम पौडेल, डिल्लीराज अर्याल, निर्मल पराजुली, राजबाबू श्रेष्ठ सागर, आलोक चालिसे, गंगा पौडेल कर्माचार्य, अच्युत पौडेल चिन्तन, परशुराम परासर लगायतका स्रष्टाको उपस्थिति रहेको थियो ।