समाचार

लुक्छ कोही कसैबाट
लुक्छ आफ्नै जिब्रो- मुनि
र खोज्छ त्यसलाई भुइँ- मुनि
ऊ लुक्छ आफ्नै मथिङ्गलमा
र खोज्छ त्यसलाई आकाशमा
ऊ लुक्छ आफ्नै भुलक्कडपनमा
र खोज्छ त्यसलाई घाँसमा
खोज्छ त्यसलाई, खोजिरहन्छ
जहाँ- तहीँ खोज्छ
र खोज्दा- खोज्दै त्यसलाई
ऊ आफैलाई हराउँछ ।
अनुवाद: राजेन्द्र शलभ