• २०८१ श्रावाण ११ शुक्रबार

समय

गीताश्री शर्मा

गीताश्री शर्मा


राख्छ
विश्वास
मन भित्र
गुम्सिन्छ सधैँ
रम्छ मौनतामा
बोल्दैन कसैसँग
खोल्दैन कसैको पोल
जान्दैन लाउनझगडा
काट्दैनकुरा कसैको उस्ले
हेर्छ टुलुटुलु रमिता
केलाउँछ मनैमन
सद्गुण र दुर्गुण
गर्छ हिसाब ऊ
सुद सहित
बलवान
समय
सधैँ
ऊ।


गीताश्री शर्मा