लघुकथा

जोगी धर्म यही बुझी अवनिमा कल्याणकारी हुने
थोरै भौतिकता सचेत युगमा आलोक भित्र्याउने !
गान्धी बुद्ध सबै शशी गगनका योगी थिए कर्मले
योगी राम भने पुजे सकलले संस्कार भो धर्मले !
जोगीको मनमा पसेर पढियो आचार्य हो लोकमा
त्यागी हो गुरुजी बुझे मनुजले शिक्षा दिने थोकमा
लोभी लोभ गरेर मर्छ बरिलै रोगाउने रोगिने
जोगीको भर हो उही अमर हो जोगाउने जोगिने !
सत्तामा अहिले पुगे दनुजती भोगी अघोरीहरू
योगी एक पुगे अनर्थ नहुने छान्ने भिखारी बरू
योगी कृष्ण थिए महेश शिवजी कैलाशमा गाइयो
योगीको कविता कथा रहर भो श्रीव्यास नै चाहियो
जोगी छान सखा चुनाव अहिले आयो परीक्षा बनी
भोगी त्याग सबै अधर्म चुलिने जो बन्न खोज्ला धनी
रित्तो भो ढुकुटी लुटे विगतमा नीला र राता मिली
उस्तै पीत थियो प्रपन्च उसको नेपाल खाए निली
जोगी नै जनता हुने ठहर भो यस्तै रहे देशमा
माग्नेले अहिले लुटे सब कुरा आफन्तको भेषमा
सच्चा मित्र पवित्र खोज जनता जोगी हुने तालको
योगीको भर हुन्छ बुद्ध पढ रे कल्याण नेपालको ।
धनराज गिरी