• २०८१ श्रावाण ११ शुक्रबार

नायक सुधिर बसे सान्नानीको घरमा घरज्वाईँ

गीतकार प्रकाश सुवेदीको हुन्छ हुन्छ भन्दा भन्दै टार्यौ सान्नानी बोलको प्रेमील गीत सृजना र सेरोफेरो युटयूव च्यानल मार्फत सार्वजनिक भएको छ । बरिष्ठ सङ्गीतकार सुरेश अधिकारीको सङ्गीत रहेको गीतमा महाराज थापाको सङ्गीत संयोजन र नव गायक आश्रित अधिकारीको स्वर रहेको छ । साँचो माया गर्नेहरु एक अर्काको प्रतीक्षामा वर्षौँसम्म पनि पर्खिन सक्छन् र एक अर्कामा समर्पित हुन्छन् भन्ने भाव गीतमा रहेको छ । भिडियोमा अहिलेका चर्चित नायक सुधिर श्रेष्ठ र नायिका सुशिला थापाको साथमा नारायण शर्मा, प्रेणीता शर्मा, प्रकाश सुवेदी, सुमना घिमिरे र बालकलाकार आरुसी सापकोटाको अभिनय रहेको छ । काभ्रेपलाञ्चोक जिल्लाको कुशादेवी वरपर छायाङ्कन गरिएको गीति भिडियोमा उत्तम हुमागाईँको छायाङन, अभिमन्यु निरवीको स्कृप्ट लेखन र निशान घिमिरेको निर्देशन/सम्पादन रहेको छ । भेट हुँदा थियौँ हामी त्यस्तै सोह्र सत्र ठ्याक्कै उमेर डबल हुँदा भइयो अलपत्र प्राय आफ्ना गीतमा एउटा सुन्दर कथा बुनेर गीत लेख्ने प्रकाशको यो गीतमा पनि विशेष कथा छ ।

गीतमा जीवनका दुईओटा कालखण्ड छन् । कथाकी सान्नानी बनेकी सुशिलाले उनका प्रेमी सुधिरलाई पर्ख न हुन्छ  क्या हुन्छ भन्दा भन्दै १७/१८ वर्षसम्म झुलाउँछिन् । न त बिवाह गरेर आफ्नो बनाउने न अरुसँग हिमचिम भएको देखि सहने सुशिलाको बानीले सुधिर आजित हुन्छन् । सुधिर आफ्ना दाइ भाउजू लिएर सुशिलालाई माग्न नगएका पनि हैनन् । तर घरमा अपाङ्ग बुवा मात्र भएकी सुशिलाले यही घरमा बस्ने भए मात्र बिवाह गर्न राजी हुने प्रस्ताव राखेपछि सुधिरको दाइ भाउजू त्यो प्रस्तावलाई टुक्रयाएर भाइलाई लिएर फर्कन्छन् । सुधिर निकै दुखी हुन्छन् र दाइ भाउजूलाई छोडेर घरबाट निस्कँदै गर्दा दाइले रोक्छन् । प्रिय अनुजको हठ र उनीहरुको वर्षौँ देखिको प्रेमको अगाडि के नै लाग्थ्यो र अन्तत सुधिर र सान्नानीको बिवाह भएरै छाड्छ । दाइले आफ्नो प्यारो भाइलाई घरज्वाईँ बस्ने गरि सान्नानीलाई सुम्पिन्छन् ।
https://youtube.com/watch?v=vD7AqL83mYo&feature=share