• २०८२ मंसिर २, मंगलवार

संगीतकार सन्तोष श्रेष्ठको एकल संगीतमा आधुनिक गीतीसंग्रह ‘मधुमास’ लोकार्पण

संगीतकार सन्तोष श्रेष्ठको एकल संगीतमा रहेको तथा गीतकार नरेश खड्का, प्रकाश के. सी, प्रबल बिष्ट, खड्ग विवस बी.सी, सुशील पुन बिरही र अभि क्षेत्री समर्पणको शब्द रचनामा र रामकृष्ण ढकाल प्रमोद खरेल, अन्जु पन्त, प्रविशाअधिकारी । पूर्णिमा लामा, रचना रिमाल, प्रवीण बेडवाल र अनन्त के.सीको सुमधुर स्वरमा रहेको आधुनिक गीतीसंग्रह ‘मधुमास’को राप्ती साहित्य परिषद्को आयोजनामा विमोचन गरियो । राप्ती साहित्य परिषद् केन्द्रका अध्यक्ष टीकाराम उदासीको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रमका प्रमुख अतिथि साहित्यकार नारायण नेपाल हुनुहुन्थ्यो भने उक्त गीतीसंग्रहमा रहेका गीतहरुको समीक्षा नेपाल पत्रकार महासंघ दाङ शाखाका अध्यक्ष दुर्गालाल के.सीले गर्नुभएको थियो । गीतकार प्रकाश के.सीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा संगीतकार सन्तोष श्रेष्ठले आफ्नो कुरा राख्नुभएको थियो । कार्यक्रमको सहजीकरण राप्ती साहित्य परिषद् केन्द्रका वरिष्ठ उपाध्यक्ष कमलमणि देवकोटाले गर्नुभएको थियो ।