• २०७९ मंसिर २१ बुधबार

कानून

राक डाल्टान

राक डाल्टान

कानून बनेकै यसकारण हुन्छ
कि गरीबहरूले त्यसको पालन गरून् ।

धनीहरूले कानून बनाए
कि शोषणलाई व्यवस्थित गर्न सकियोस ।

सम्पूर्ण इतिहासमा गरीबहरू मात्रै थिए
जसले कानूनलाई सधैँ शिरोधार्य गरे ।

जुनदिन गरीबहरूले कानून बनाउनेछन्
त्यो दिन कुनैपनि धनी रहनेछैन यो पृथ्विमा ।

अनुवाद: राजेन्द्र शलभ