• २०८१ बैशाख १९ बुधबार

एउटा लिला सत्य

“विनयी“ एचएन

“विनयी“ एचएन

छोराछोरी नजन्मि आमाको जन्म हुदो रहेनछ
हुँदो रहेछ प्राणीहरूको जन्मसंगै मृत्युको पनि जन्म
थोकहरूको सृष्टिसंगै बिनासको जन्म भएझैं
मेरो “म” विरोधिका लागि हुँदोरहेछ
मैले लगाउने लुगा कसका लागि ?

एउटा अहमप्रश्न !
मेरी श्रीमती ?
मेरो श्रीमान ?
मेरा छोराछोरी ?
के बस्तु हो श्रीमती ?
के थोक हो श्रीमान ?
के सामग्री हुन छोराछोरी ?

सृष्टिको एउटामात्र पनि जड बस्तु त आफ्नो हुँदैन भने !!!
हरेक प्राणीमा त “म“प्रबल छ
कसरी हामी मेरो भनिरहेछौं हँ ?
जहाँ आग्रह छ मेरो भन्ने केही छैन
यो स्पेसमा तिम्रो दाबी त नि महाशय-
मोति बटुल्न समुद्रमा गएको नुनको पोको सिवाय केही होइन !

तिम्ले दोहोर्याई रहने तेहेर्याई रहने बारम्बारका
रूडताहरू, ढिटहरू
बेतुक अहङ्कारहरू
तिमीलाई गिज्याई रहेछन्
पाईला-पाईलामा उपहास गरिरहेछन्
मलाई पनि त्यसै गरिरहेछन्
जसो तिमीलाई गर्ने गर्छन्
भो अब पर्दैन
तिमी हामी दुधको सांक्षी बिरालो बन्नु
अहिंसा र “म” एउटै गमलामा फुल्न सक्दैन महाशय !!
बस…


“विनयी“ एचएन (इलाम)
[email protected]