• २०८१ श्रावाण ११ शुक्रबार

माटोको घैला सरी

गीता आचार्य

गीता आचार्य

दुख्नेहरूको भिडमा दुखिरहेछु सधैं
देख्नेहरूको भिडमा हेरिरहेछु सधैं
लुक्नेहरूको साथमा खुलिरहेछु सधैं
झुक्नेहरूको साथमा झुकिरहेछु सधैं

र पनि रु
जिन्दगी कस्तो कस्तो
हेर्दा सरल चढ्दा पहाड जस्तो
तिम्रो आँसु पनि कस्तो कस्तो
कसैको घात भन्दापनि सस्तो

कतिलाई लुकाउनु आफ्नो सम्झना
कतिलाई फूकाउनु आफ्नो वेदना
बरू भैगो कसैसँग बात गर्दै नगर
बात सुनी लात मान्र्नेहरूको भिंडमा

चस्स छाँति दुख्छ
पट्ट मुटु फूट्छ
माटोको घैला सरी
अनायासै खस्छ तप्प तप्प आँसु !!!


गीता आचार्य