• २०७९ मंसिर २१ बुधबार

अमृता स्मृतिको कविता कृति ‘नदिको तिर्खा’ सार्वजनिक

काठमाडौँ । कवि अमृता स्मृतीको दोस्रो कवितासंग्रह ‘नदिको तिर्खा‘ लोकार्पण गरिएको छ । कुन्ज थिएटर थापागाउँमा भएको उक्त कार्यक्रममा प्रमुख अतिथी वरिष्ठ कवि तथा संस्कृतिविद् तुलसी दिवस, कवि विश्वविमोहन श्रेष्ठ, कवि शैलेन्द्र साकार, कवि गीता कार्की लगायत विशिष्ट अतिथी तथा कविका मातापिताले कृति सर्वजानिकिकरण गरेका हुन् ।

अमृता स्मृती धादिङकी एक उदीयमान कवि हुन् । नेपाली कविता जगतमा आफ्नो छवि बनाउँदै आएकी कवि स्मृति युवा पुस्तामा चिनिएकी कवि पनि हुन् ।