समाचार

जसरी मेरी ‘लुसिया’ले
आफ्ना दुबै खुट्टा नदीमा चोपेकी छिन् ।
आकाशमा चम्की रहेको एउटा मात्र ताराले
तीनवटा विशाल धुपीका रूखहरू माथिबाट
चिहाउँदै छ धरतीमा ।
मौन सन्नाटा छ चारैतिर
र एउटा भ्यागुतो ट्वार्र ट्वार्र गरिरहेछ
खाल्डाखुल्डीमा जमेको वर्षको पानी
कुहेर गन्हाउन थालिसकेछ ।
कुनै पारदर्शी घुम्टोबाट जस्तै
जूनको उज्यालोमा टल्किरहेछ खोला
किनारको रूखको सुकीसकेको हाँगा
जूनेलीको स्पर्शले भएको छ–फेरि हरियो ।
टल्की रहेको पानीलाई हर्दाहेर्दै
म त्यसमा देख्न थाल्छु
‘गे्रनाडा’को हिस्सी परेको अनुहार ।
अनुवाद: राजेन्द्र शलभ