• २०८१ फागुन १ बिहीबार

ज्ञानको चक्षु

गीता आचार्य

गीता आचार्य

जब म उठ्छु
मैले मेरो आमालाई देख्छु
मैले मेरो गुरूलाई सम्झन्छु
जब म जन्मिएँ मेरो आमाको काख न्यानो भो
म हुर्कदै गर्दा मेरा गुरूहरूको ज्ञानको तातो स्पर्श भो ।

म टुकटुक हिड्दै गर्दा आमाले समाउनु भो
जब म चल्न सिके गुरूले थमाउनु भो
हामीलाई सजिलै हिड्ने
हामीलाई गोरेटो खनिदिनु भो
हामीलाई फराकिलो बाटो बनाईदिनु भो
हामी सजिलै चल्न सक्ने

हाम्रा हरेक दैनिकी आमासँगै शुरू हुन्छ
सारा दिन गुरू सामु बित्छन्
मैले मेरो आमासँग कति सिक्छु
मैले मेरो गुरूसँग कति लिन्छु
मैले मान्ने मैले जान्ने भनेकै
मेरो आमा मेरा गुरू

मैले देखेको ईश्वर
मैले देखेको भगवान
हाम्रो आँखा
अथाह ज्ञानको भण्डार
जसले मानवको सिङ्गो रूप निर्धारण गरिदिन्छ
पूर्ण मानव बनाउन हरबखत प्रयास गर्दछ
एउटा सून्य संसारलाई सत्मार्गमा हिंडाउन
ज्ञान गुणले भरिपूर्ण पार्नु आफ्नो कर्तव्य ठान्दछ

त्यसैले
गुरु हाम्रो संस्कार
हाम्रो संस्कृति
हाम्रो विश्वास
समग्रमा हाम्रो ज्ञानको चक्षु


गीता आचार्य