• २०८१ श्रावाण ११ शुक्रबार

भण्डारीको नेसनल सेक्युरिटी एन्ड दी स्टेट: ‘अ फोकस अन नेपाल’ पुस्तक लोकार्पण

काठमाडौँमा आयोजित एक कार्यक्रममा लेखक सहायक रथी केशरबहादुर भण्डारीको ‘नेसनल सेक्युरिटी एन्ड दी स्टेट: अ फोकस अन नेपाल’ नामक पुस्तक लोकार्पण गरिएको छ । उक्त पुस्तकमा हाम्रो सुरक्षानीति के हो ? यो कसले र कसरी निर्धारण गर्छ ? यसको कार्यान्वयन कसरी भइरहेको छ ? भन्ने जिज्ञासाको उत्तर पढ्न पाइन्छ । गण्डकी विश्वविद्यालयका कुलपति प्रा. डा. गणेशमान गुरुङ र लेखक भण्डारीले संयुक्त रूपमा पुस्तक अनावरण गर्नुभएको हो ।

उक्त पुस्तकमा प्रस्तुत एक अध्यायले नेपाली सेना, यसको भूमिका, विशेषता र साङ्गठनिक एवं अन्य पक्षहरूलाई निष्ठापूर्वक समेट्ने जमर्को गरेको छ । यसले नेपाली सेनाको संस्थागत स्वरूपलाई समेत आम पाठकमाझ स्पष्ट पार्ने लेखकको ठम्याइ छ । विमोचन समारोहमा गण्डकी विश्वविद्यालयका कुलपति प्रा.डा. गणेशमान गुरुङले पुस्तकको महत्वबारे चर्चा गर्नुभएको थियो ।