तिमी भेटिन्नौ तापनि
म
नदीमा जान्छु
स्पर्श गर्छु उसको हृदयलाई
गाउँछु
बचपनको कुनै पुरानो अधुरो गीत
तिमी भेटिन्नौ तापनि
तिमी भेटिन्नौ तापनि
पहाडसँग घन्टौँ बात मार्छु
रुखका हात समाएर
मास्तिर चड्ने अभ्यास गर्छु
बीस र एक्काइसको उमेरको
कसैले नभुल्ने घटना
स्मरण गर्छु
कपडाको जुत्तामा थरथराउँदै खुट्टा घुसार्छु
तिमी भेटिन्नौ तापनि
तिमी भेटिन्नौ तापनि
जहिलेसम्म मेरा बा थिए
तबसम्म बालक थिएँ
रचना गर्छ अवश्य एक मानवसंसार
घोच्ने तीखा काँडाबीच पनि
अत्यन्त कोमल कुनै फूल फक्रिन्छ
खालि एक मात्र अन्तर हुन्छ
एउटा ढोका हुन्छ कहिल्यै बन्द नहुने
तिमी हुँदिनौ तर पनि
म नदीमा जान्छु नै ।
अनुवाद: रमण घिमिरे