• २०८१ माघ २ बुधबार

यस वर्षको साहित्यतर्फको नोबेल पुरस्कार फ्रान्सेली साहित्यकार अनीएर्नोलाई प्रदान

यस वर्षको साहित्यतर्फको नोबेल पुरस्कार फ्रान्सेली साहित्यकार अनीएर्नोलाई प्रदानगर्ने घोषणा गरिएको खबर छ । एर्नोले विषयका जडसम्म पुगेर, विछोड र सामूहिक संयमका संस्मरणहरू लेखे वापत नोबेल पुरस्कार प्राप्तगर्नु भएको कुरा हिजो नोबेल पुरस्कार दिने ‘द स्विडिश एकेडेमी’ले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

अनीले सामाजिक असमानता र त्यसले मानिसको जीवनलाई कसरी प्रभाव पार्छ भन्नेबारे खोतल्ने गर्नु भएको छ । उहाँले व्यवसायिक लेखन थाल्नुअघि एक शिक्षिकाका रूपमा कामगर्नुहुन्थ्यो । उहाँका ओमन स्टोरी, अ म्यान्स प्लेस, (दीपोसेसन) लगायतका पुस्तकहरू समकालीन फ्रान्सका उत्कृष्ट साहित्यमा गनिन्छन् ।

विभिन्न विधामा नोबेल पुरस्कार स्विडिश एकेडेमीले हरेक वर्ष प्रदानगर्ने गर्दछ र साहित्यतर्फको नोबेल पुरस्कार एक करोड स्विडिश क्रोनर अर्थात् साढे दस करोड नेपाली रुपैयाँ बराबरको रहेको छ ।