• २०८१ चैत ६ बिहीबार

कुनै अन्त्य छैन कथाको

गुन्नार एकिलोक

गुन्नार एकिलोक

यो कथाको कुनै अन्त्य छैन
तथापि अन्त्यबाट नै हुन्छ यसको प्रारम्भ
र मान्छे यसै वृतमा कैद छ ।

एउटा पुरूष, एउटा महिला
एउटा खराब, एउटा असल
एउटा आमा, एउटा पिता
एउटा पुत्र, एउटा भाइ
एउटा चरा पारखी नजरले हेर्दै
उफ्रिरहेछ हाँगा–हाँगा
र हेरिरहेछ तिमीलाई ।

को हो, के हो चरा ?
तिम्रो आत्मा
गाह्रो छ चराहरूको जिन्दगी
हेर्छ तिमीलाई नियालेर
र डरले थरथर काम्न थाल्छ ।

अनुवाद: राजेन्द्र शलभ