• २०८१ पौष २९ सोमबार

म र तिमी

कुमार उपाध्याय

कुमार उपाध्याय

म सागर हुँ त
तिमी छाल
म हावा हुँ त
तिमी बादल ।

म तट हुँ त
तिमी नदी
म पानी हुँ त
तिमी धार ।

म शरीर हुँ त
तिमी सास
म मुटु हुँ त
तिमी धड्कन ।

म चन्द्र हुँ त
तिमी जून
म फूल हुँ त
तिमी बास्ना ।

म अँध्यारो हुँ त
तिमी जूनकीरी
म वसन्त हुँ त
तिमी कोइली ।

म हिमाल हुँ त
तिमी हिउँ
म ताल हुँ त
तिमी गाना ।

जनमजनमको साथ होस्
जुगौँसम्म सँगै बास होस् ।


कुमार उपाध्याय (अमेरिका)
[email protected]