• २०७९ मंसिर २१ बुधबार

साहित्यकार थुलुङका दुई कृति सार्वजनिक

काठमाडौँ- साहित्यकार चमाथुलुङ (डा. सुकराज राई) का ‘नाचीनाची बेसारा’ बाल कवितासंग्रह र ‘युम्पी’ गीति काव्य सार्वजनिक भएको छ । प्रदेश १ खोटाङको भौगोलिक, सांस्कृतिक, भाषिक, लोक जीवनलाई लिएर उक्त कृति सिर्जना गरिएको हो ।

नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ गोपीन्द्र पौडेल, प्राध्यापक विष्णु राई, प्राध्यापक नारायणप्रसाद गड्तौलाले तीनधारे सरोकार समाज, काठमाडौंले राजधानीमा आयोजना गरेको समारोहमा कृति सार्वजनिक गरेका हुन् ।

प्राध्यापनमा संलग्न साहित्यकार थुलुङको यसअघि ‘मेरो तर्कबहादुर’ कथासंग्रह, ‘तोयामाखियामा’ नाटकसंग्रह, ‘जमाना टेन्सन र चिन्तनको’ हास्य- व्यंग्यसंग्रह, ‘आधुनिक नेपाली निबन्धमा हास्य-व्यंग्य’ र ‘सर्जक र सिर्जना विश्लेषण’ समालोचना, ‘भाडाकी आमा’ खण्डकाव्य र ‘थुलुङ मन्दुम’ प्रकाशित छन् । सार्वजनिक गरिएको कृतिबारे सोइना दाहाल र साहित्यकार प्राध्यापकया देवी ढकालले चर्चा गरेका थिए ।