• २०८१ मंसिर २९ शनिवार

म कमजोर छु

यून तकामी

यून तकामी

म कमजोर छु
म लडाई गर्न सक्दिन
आफू बाँच्नका लागि
म अरूलाई जालमा फसाउन सक्तिन

म कमजोर छु
तर यति पतित सक्तिन म
कि आफू बाँच्नका लागि
म अरूको हत्या गरौं ।

म कमजोर छु
तर यति तल झर्नमा
लाज लाग्छ मलाई
कि अरूका शब्दहरूलाई
भन्न सकौं म आफ्नै बनाएर ।

म कमजोर छु
सधैँ जोगाएर राख्ने छु आफ्नो कमजोरी ।

अनुवाद: राजेन्द्र शलभ