नियात्रा

लुक्छ कोही कसैबाट
लुक्छ आफ्नो जिब्रोमुनि
ऊ खोज्छ उसलाई- धरतीमुनि
ऊ लुक्छ आफ्नो टाउकोमा
ऊ खोज्छ उसलाई- आकाशमा
ऊ लुक्छ आफ्नो भुलक्कडपनामा
ऊ खोज्छ उसलाई- घाँसभित्र
ऊ खोज्छ, उसलाई खोजिरहन्छ
कहाँ खोज्दैन र उसलाई !
र खोज्दाखोज्दै उसलाई
हराउँछ उसले- आफैँलाई ।
अनुवाद: राजेन्द्र शलभ