• २०८१ श्रावाण १ मङ्गलबार

आहना

बसन्त चौधरी

बसन्त चौधरी

हेरिरहेछु
म तिमीलाई
हेरि नै रहेछु
एकतमास
मेरी आहना !

यस्तो लाग्छ
प्रकट हुँदैछ प्रत्यक्ष अगाडि
मेरो भावना
आहना !

विपना ! यो कस्तो विपना
सपनाभन्दा सपना जस्तो
तान्दैछ मलाई
अगाडि- अगाडि
स्वर्णमय रथ !
पुग्दै छु म, पुग्दै छु
स्वरगङ्गाको
त्यो अलौकिक
ज्योतिर्मय पथ !

सुनाखरी सरि
उभी दैलोमा
मुस्कानको छरी वासना
आहना !
तिमी मलाई
दिँदै छौ
सुनैसुनको
शुभकामना
मेरी आहना !

साभार: तिमीविनाको म (कवितासङ्ग्रह)


[email protected]
(चौधरी विशिष्ट साहित्यकार हुन् ।)