प्रख्यात साहित्यकार खलिल जिब्रानको “स्वतन्त्रता” शिर्षकको लघुकथाको पात्र जस्तो व्यक्ति उसको घोडा छेउ आयो र भन्यो-
“मुखरी लाउन पनि दिइनस, अब तलाइ अरुले सक्दो प्रयोग गर्छन् ।”
घोडा- “के प्रयोग गर्छन् ?”
लघु कथाको पात्र जस्तो व्यक्ति-
“तैले सकि नसकी भारी बोक्नु पर्नेछ !”
घोडा-
“के मैले तिम्रोमा चाहीँ भारी बोकेको थिइन र !”
लघुकथाको पात्र जस्तो आधुनिक मालिकले घोडालाई
छोडीदियो र भन्यो-
“घोडा त जान्छ्स जा ! आज देखि तेरो खुशी !”
लघुकथा “स्वतन्त्रता” को मालिक जस्तो मान्छेलाई घोडाले एकपटक अन्तिमपल्ट हेर्यो र कतै घोडाहरूको बथानमा गएर मिसियो ।
(स्रोतः खलिल जिब्रानका लघुकथाहरु)
विवेकदुलाल क्षेत्री ’दमक’
दमकबजार ,झापा, हाल- अबुधाबी, युएइ ।