• २०८१ असार ३२ सोमबार

निलम्बित पल

ज्युसेप उंगारेटी

ज्युसेप उंगारेटी

हिंडदाहिंडदा अन्ततः
मैले फेरि भेटिसकेँ
मायाको इनार
एक हजार एक रातका आँखामा
निदाएपछि
उजाडिएको फूलबारीमा
उनी आएकी छिन्
सुस्ताउनलाई
टन्टलापुर दिउँसोको हावासँगै
उनेको छु मैले
जुही र चमेली
उनैका लागि ।

अनुवाद: राजेन्द्र शलभ