• २०८१ असार २८ बिहीबार

गुलाफहरूको आँधीमा

इङ्गेबोर्ग बाखमान्न

इङ्गेबोर्ग बाखमान्न

जब हामी
गुलाफहरूको आँधीमा
बदलिन्छौँ ?
चाहे यस्तो होस् कहीँ पनि

काँडा र पातहरूको
झनझनाहटले
पोल्न थाल्छ हरेक रात

जङ्गलभित्र
चुपचाप चिच्याइरहन्छन्
अग्लो हिल भएका हाम्रा जुत्ताहरू ।

अनुवाद: राजेन्द्र शलभ