• २०८० मंसिर १३ बुधबार

कुरा गर्नलाई कुरै छैन

मरिने पित्रोस्यान

मरिने पित्रोस्यान

हरेक मानिस
कुदिरहेछ
कुरा गर्नलाई
कुनै कुरा नै छैन ।

हामीले यत्ति धेरै
नहरहरू खन्यौँ
यति धेरै रूखहरू रोप्यौँ
यति धेरै सहरहरू बसायौँ
तर पनि मानिसहरू भोकै छन् ।

उनीहरू पैसा कमाउन कुदिरहेछन्
जति धनी हुन्छ देश
त्यति नै तीव्र कुद्ने गर्छ ।

दिन प्रतिदिन
छिटो, झन्झन् छिटो कुदिरहन्छ
कुरा गर्नलाई कुनै कुरा छैन ।

अनुवाद: राजेन्द्र शलभ