कविता–हिन्दी

आज मेरो जन्मदिन
स्वप्नझैँ छचल्कियो
आज एक स्वप्नदिन
जन्मजस्तै टल्कियो ।
उमेरका खुड्किला
उक्लिँदै यहाँ पुगेँ
म हिसाब गर्दैछु
कति बने, कहा चुकेँ ?
यो घुमाउरो यात्रामा,
कति हिँडे कहा रोकिएँ ?
नयाँ दिन
पुरानो सम्झना बनेर सल्कियो ।
मेरा हरेक खुसीमा
फूलको सुवास छ
मेरो सानो बस्तीमा
स्नेहको आकाश छ
सधैँ माया छ
सधैँ मायाको गहिरो प्यास छ
मेरो जीवन अँध्यारोमा
चन्द्रजस्तै टल्कियो ।
मानेँ मैले जीवनभित्र
निकै गहिरो रात छ
त्यहीँ उज्यालो पार्ने
साथीहरूको साथ छ
जीवनमा केहि पतझड
र हरियो पात छ ।
साभार: मेघा (कवितासङ्ग्रह)
[email protected]
(चौधरी विशिष्ट साहित्यकार हुन् ।)