• २०८३ जेष्ठ २६, मंगलवार

प्रेम- स्मृति

यहूदा आमिखाई

यहूदा आमिखाई

एकअर्का बिना
कसरी बाँच्छौ हामी
यसको कल्पना पनि गर्न सकिन्न,
यस्तो भन्यौ हामीले ।

र त्यत्तिबेला देखि नै
हामी बसेका छौै
यसै स्वरूप भित्र
हर एक दिन
एकअर्का भन्दा टाढा
त्यो घर भन्दा टाढा
जहाँ हामीले त्यो भनेका थियौं

अहिले,
जसरी बेहोशीको औषधी खाएपछि हुन्छ
त्यस्तै ढोकाहरू बन्द हुनु
वा झ्यालहरू खुल्नुको
कुनै पीडा हुँदैन ।

त्यो सबै त
उहिलेको कुरा हो ।

अनुवाद: राजेन्द्र शलभ