• २०८१ श्रावाण ३ बिहीबार

रेनुका जिसीको कथासंग्रह सनेस विमोचन

नेपाल प्रज्ञा प्रतिष्ठान , काठमाडौंमा आयोजना गरिएको एक कार्यक्रममा कथाकार रेनुका जिसीको कथासंग्रह ‘सनेस’को लोकार्पण गरिएको छ ।शिखा बुक्सद्वारा प्रकाशित उक्त कथासंग्रहको लोकार्पण समारोहमा लोकार्पित कृतिको समीक्षा लोकप्रिय समीक्षकहरु राजकुमार बानियाँ र ज्ञानु अधिकारीले गर्नुभएको थियो । कार्यक्रमको अध्यक्षता शिखा बुक्सका प्रबन्ध निर्देशक पुष्पराज पौडेलले गर्नुभएको थियो । सनेस कथासंग्रह शिखा बुक्सले प्रकाशित गरेको हो ।