• २०८१ माघ १ मङ्गलबार

घाउको उपचार

तीतिलोप सोनुगा

तीतिलोप सोनुगा

यसरी गर आफ्नो घाउको इलाज(उपचार)
(एक)
धुन्छु यसलाई नूनपानीले
यही मात्र एउटा तरिका हो
विष निकाल्ने
आँशु आउँछन्
आउन देऊ ।

(दुई)
तिमीले लगाउनु पर्नेछ
एउटा औषधी–मलहम
एकमात्र इलाज हो घृणाको
अझ बढी प्रेम
उदार भएर प्रयोग गर ।

(तीन)
हावा लाग्न देऊ घाउमा
यसलाई तबसम्म नछोप
जबसम्म यो पाक्दैन
त्यसपछि भन-
ह्या भैगो, छोड अब ।

(चार)
कहिले पनि
नकोट्याउनु यसलाई ।

अनुवाद: राजेन्द्र शलभ