समाचार

तिमी छैनौ,
मन उदास छ।
हावा मन्द मन्द छ
टेलिफोन बन्द छ
सन्देश म कसरी पुर्याऊँ ?
म मेघदूत हैन
कालिदास पनि हैन
कसरी कल्पनाले तिम्रो
केश सुम-सुम्याऊँ ?
म देखि टाढा तिमी
मुक्ति र खुसीमा छौ
म भने,
कम्प्युटरमा खोज्छु
मायाका कुरा
खाबोबाट छायाँका कुरा ।
म कुरि रहेछु,
म भित्र अन्तिम आश छ,
तिमी आएर भन्ने छौ
तिमीमै मेरो रहर छ
जिन्दगी छ, सास छ ।
साभार: मेघा (कवितासङ्ग्रह)
[email protected]
(चौधरी विशिष्ट साहित्यकार हुन् ।)