गाऊ न मसँगै तिमी प्रीतिको गीत गाऊ न
आऊ न मसँगै तिमी जुनीजुनी प्रीत लाऊ न ।
हाँसि दिन्छु तिम्रै लागि मलाई नि तिमी हाँसिदेऊ
बाँचिदिन्छु तिम्रै लागि मेरै लागि तिमी बाँचिदेऊ
छाऊ न मसँगै तिमी प्रीतिको गीतगाऊ न
आऊ न मसँगै तिमी जुनीजुनी प्रीत लाऊ न ।
माया गर्छु तिमीलाई मलाई नि माया गरिदेऊ
म त मर्छु तिम्रै लागि मेरै लागि तिमी मरिदेऊ
जाऊ न मसँगै तिमी प्रीतिको गीत गाऊ न
आऊ न मसँगै तिमी जुनीजुनी प्रीत लाऊ न ।
डम्बर बिकेल
[email protected]