म बाचा गर्छु, ए ! मेरी जन्मभूमि
निःशेष भएर आफू, आफ्नो सम्पूर्ण प्रेम
म तिमीप्रति नै समर्पित गर्नेछु ।
जे माँगे पनि, नसोधी कुनै कारण
म आफ्नो सबैभन्दा अमूल्य चिज तिमीलाई दिनेछु
र यदि तिमीले माँग्यौ भने-
दिनेछु मेरो बलिदान, बेहिजक तिम्रा लागि ।
भन्छन्-
धेरैसमय पहिले एउटा देश थियो मानिसहरूको
प्रबुद्धजनहरूको प्रियभूमि
अनगिन्ती थियो त्यसको सीमा
निराकार थिए त्यसका राजा
मेरो निष्ठावान हृदय हो त्यसको किल्ला,
त्यसको गौरव, त्यसको धैर्य
मनदेखि मनसम्म फैलिन देऊ यो साम्राज्य
यो शान्तिपूर्ण व्यवहार र मृदु-आचरण ।
अनुवाद: राजेन्द्र शलभ