• २०८१ पौष २९ सोमबार

राष्ट्रव्यापी कवितावाचन प्रतियोगिता हुँदै

साहित्य र प्रविधिलाई जोड्ने प्रयत्नका रुपमा सिभिल इन्जिनियरिङ विद्यार्थी समाज–नेपाल पुल्चोक क्याम्पसको आयोजना तथा आईओई स्पोटलाइट क्लबको सहआयोजनमा राष्ट्रव्यापी कवितावाचन प्रतियोगिता हुने भएको छ । मुख्य कार्यक्रम पुल्चोक क्याम्पस परिसरमा साउन १० गते हुनेछ । दुई चरणमा हुने कार्यक्रमका लागि आवेदन दर्ता असार २१ गतेदेखि खुलेको आयोजक टोलीका योगराज पोखरेलले जानकारी दिए । ‘शब्दयान-प्रविधिको आधार’ साहित्य नाराका साथ हुने कार्यक्रम विद्यालय स्तरीय (कक्षा ८ देखि कक्षा १२) रहने कार्यक्रम सहजकर्ता दीप सागर ज्ञवालीले दिए ।

प्रतियोगितामा प्रथमहुनेले २५ हजार नगद र थुप्रै आकर्षक उपहारहरू पाउने छन् भने द्वितीयहुने २० हजार र तृतीयहुने १५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । यस्तै सान्त्वना पुरस्कार १० हजार पाउनेछन् । साथमा अफर र गिफ्ट ह्याम्पर पनि प्रदान गरिने कार्यक्रमका संयोजक सोमनाथ लुइटेलले जानकारी दिए । कवितावाचन प्रतियोगिता शिक्षा मन्त्री देवेन्द्र पौडेलको प्रमुख आतिथ्यता एवम् नेपाल प्रज्ञा परिषदका प्राज्ञहरुको आतिथ्यतामा संचालन हुने अर्का कार्यक्रम संयोजक भुवनसिंह कार्कीले बताए ।

प्रतियोगितात्मक कविता लेखनका सीमा र नियम
प्रतियोगितामा समावेश हुने कविताहरु शब्दयान-‘प्रविधिको आधार साहित्य’ भन्ने नाराको धरातलमा टेकेर लेखिएको हुनुपर्ने छ । त्यसरी लिखित कविता पूर्णतः मौलिक, कुनै पनि छापा तथा सञ्चार माध्यमबाट प्रकाशित/प्रसारित नभएको तथा यस पूर्व कुनै पनि प्रतियोगितामा सहभागी नभएको हुनुपर्ने छ । विजयी रचनामा यस प्रकारको दाबी विरोध भईआएमा र सो दाबी पुष्टि भएको खण्डमा त्यसलाई खारेज गरी उत्कृष्टताको क्रममा निकट रहेको अर्को कवितालाई विजयी मानिनेछ ।
प्रतियोगीले प्रतियोगी रचनाका साथमा नाम र ठेगाना स्पष्ट खुलाई, अध्ययनरत विद्यालयको नाम तथा आधिकारिक सम्पर्क नम्बर उल्लेख गरी [email protected]मा आगामी श्रावण ५ गते दिनको ५ बजेभित्र इमेल पठाइ सक्नुपर्नेछ । तोकिएको समय भन्दा विलम्ब भई प्राप्त भएका रचनालाई प्रतियोगितामा समावेश गरिने छैन ।
कविताको भाषा नेपाली तथा अंग्रेजी दुवै हुन सक्ने छ तर मिश्रित भाषाको प्रयोग गरिएको कविता मान्य हुने छैन ।
गद्यकविताको शब्द सीमा अधिकतम १५० र पद्य कविता बढीमा ६ श्लोकको हुनुपर्ने छ । कविताका लागि टाइप गरिएको वा लेखिएको पृष्ठको प्रस्ट बुझिने फोटो पनि मान्यहुने छ ।
प्रत्येक प्रतियोगीले एउटा मात्र कविता पठाउनु हुन सूचित गरिन्छ । एउटै प्रतियोगीको एकभन्दा बढी कविता सहभागिताको लागि प्राप्त भएमा प्रथम प्राप्त कवितालाई मात्र प्रतियोगी कविता मानिनेछ ।
कुनै पनि व्यक्ति, जाति, समुदाय, लिब्ग, धर्म, संस्कृति वा सम्प्रदायलाई लाञ्छित गरी लेखिएको राष्ट्र तथा राष्ट्रियतामा आघात पुर्याउने रचनालाई कार्यक्रममा सहभागी गराइने छैन । सामाजिक एकता, मेलमिलाप र सहिष्णुतामा खलल पुर्याउने कविता प्राप्त भएमा स्वम प्रतियोगी जिम्मेवार हुने छन् ।
प्रतियोगितामा सहभागिताका लागि यसै पत्रमा राखिएको QR code scan गरी निर्दिष्ट शुल्क बुझाई सदस्यता दर्ता गर्नुपर्ने छ । त्यसरी दर्ता गरिसकेपछि दर्ता गर्दा प्रयोग भएको बैँब्क खाता नं, नाम र सहभागी संख्या कवितासँगै ईमेलमा पठाउनुपर्ने छ ।

शुल्कः-
एक प्रतियोगीका लागि (विद्यालय तथा स्वतन्त्र प्रतियोगीको हकमा) रु. ५००/–
दुई प्रतियोगीका लागि (विद्यालयको हकमा) रु. ८००/–
तीन प्रतियोगीका लागि (विद्यालयको हकमा) रु. १०००/–
तीन प्रतियोगी भन्दा बढी पठाउन चाहेमा आयोजकलाई ईमेल मार्फत पूर्व सूचना पठाई प्रतिक्रियाको प्रतीक्षा गर्नुपर्ने छ ।
प्रतियोगिताको निर्णय सम्बन्धि अन्तिम अधिकार सम्पूर्ण रूपमा छनौट समितिमा निहित रहने छ ।
प्राप्त रचनाहरू मध्ये उत्कृष्ट २५ कविताहरूलाई प्रतियोगितामा वाचनका लागि पुनः निमन्त्रण गरिनेछ । उत्कृष्ट २५ मा पर्ने उपत्यका बाहिरका सहभागीहरूका लागि यात्रा खर्च (गाँस र वास बाहेक) आयोजक ले ब्यहोर्ने छ ।
प्राप्त रचनाबाट छनौट भएका अन्तिम ५० कवितालाई पुस्तकको रूपमा प्रकाशित गरिने छ ।
यसरी छनौट भएका ५० कविताहरुको भोटिंग गरी जनप्रिय कवितालाई पनि पुरस्कृत गरिने छ ।
उक्त भोटिङ निशुल्क रहनेछ र भोटिङ कसरी र कुन माध्ययमबाट हुन्छ भन्ने जानकारी छनौट पश्चात्आयोजकले प्रदान गर्नेछ ।

१२. पुरस्कार राशि:
प्रथम पुरस्कार: रु. २५,०००/– तथाआकर्षक उपहारहरु
द्वितीय पुरस्कार: रु. २०,०००/– तथाआकर्षक उपहारहरु
तृतीय पुरस्कार: रु. १५,०००/– तथाआकर्षक उपहारहरु
सान्त्वना पुरस्कार:  रु. १०,०००/– तथाआकर्षक उपहारहरु
जनप्रिय पुरस्कार:  रु. १०,०००/– तथाआकर्षक उपहारहरु

द्रष्टव्य-
➢उत्कृष्ट २५ जनाप्रतियोगीहरुलाई NIMS, bagbazar Bridge Course अध्ययनको अवसर ।
➢प्रथम, द्वितीय, तृतीय र सान्त्वना पुरस्कार प्राप्तगर्ने प्रतियोगीलाई KMC, bagbazaar  मा Management पढ्नका निम्ति क्रमशः १००, ७५, ५० र २५ प्रतिशत छात्रवृत्तिको अवसर ।
➢प्रथम, द्वितीय, तृतीय र सान्त्वना पुरस्कार प्राप्त गर्ने प्रतियोगीलाई पढ्न चाहेमा PEA मा इन्जिनियरिङ्ग ट्युशन र National Academyमा ट्युशनको निम्ति क्रमशः १००, ७५, ५० र २५ प्रतिशत छात्रवृत्तिको अवसर ।
(यसरी प्राप्त छात्रवृत्ति सम्बन्धित विजेताको लागि मात्र मान्य हुने छ । विजेता उक्त संस्थाहरुमा पढ्न नचाहेमा निजको छात्रवृत्ति स्वतः खारेज हुने छ । छात्रवृत्ति, प्राप्त भएको मितिबाट ५ वर्षसम्म मान्य हुनेछ ।)
प्रतियोगिताको नियमित अपडेट सेस-नेपालको आधिकारिक फेसबुक पेजमा गरिनेछ । प्रतियोगिता सम्बन्धि केही थप जानकारी चाहिएमा तल दिइएको सम्पर्क नं मा सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ ।