• २०८१ माघ ५ शनिवार

विप्लव ढकाल र राजकुमार दिक्पालका कृति पुरस्कृत

काठमाडौं, साउन २ गते ।

किरात एकेडेमीले विप्लव ढकालद्वारा लिखित भोजपुरको वाङमय र राजकुमार दिक्पालद्वारा लिखित आदिवासी विद्रोहको इतिहासलाई संयुक्तरुपमा पुरस्कृत गर्ने निर्णय गरेको छ । पुरस्कारको राशि ५० हजार रुपियाँ रहेको छ ।

प्राप्त कृतिमध्येबाट सातवटा कृति सूचीकृत गरिएकोमा यस पटक विप्लव ढकालद्वारा लिखित भोजपुरको वाङ्मय (वाङमयिक अनुसन्धान) र राजकुमार दिक्पालद्वारा लिखित आदिवासी विद्रोहको इतिहास (इतिहास) लाई छनोट गरिएको एकेडेमीले जनाएको छ ।