• २०८१ भाद्र २७ बिहीबार

मोतिशोभा श्रेष्ठद्वारा लिखित नेपालभाषाका दुई पुस्तक लोकार्पण

काठमाडौँ, मोतिशोभा श्रेष्ठद्वारा नेपालभाषामा लेखिएको ‘नेपालभाषाका लघु उपन्यास संग्रह’ र ‘नेपालमा घरेलु उद्योगको विकास’ पुस्तक लोकार्पण भएको छ ।
नेपालभाषा एकेडेमीका कुलपति रत्न धाख्वाको प्रमुख आतिथ्यतामाआइबार मोतिशोभाको कृतिसहित सिर्जना श्रेष्ठ र सविना श्रेष्ठको नेपालभाषाका दुई कवितासंग्रहको लोकार्पण भएको हो ।

लेखिका मोतिशोभाका लघु उपन्यासहरूमा नेपाली समाजमा महिलाको जीवनसँग गाँसिएका केही महत्त्वपूर्ण पक्षहरूलाई सरल भाषामा दर्साइएको उनले बताइन् । आफ्ना कविताहरूमा मान्छे मन र मानव जीवनका भावनात्मक यात्रा अनि त्यस भित्रका आरोह अवरोह बीच अलमलिएका मान्छेको परिचय, माया र सम्बन्धका आमाहरू प्रस्ट रुपमै भेट्न सकिने सृजना श्रेष्ठले बताइन् ।

त्यस्तै आफू द्वारा लिखित कविताहरूमा प्रकृति, सौन्दर्य, जीवन र समयका विभिन्न अध्यायहरू कोरिएको भेटिने कवियत्री सविना श्रेष्ठले बताइन् ।लेखकद्वय सृजना र सविना मोतिशोभाकी छोरीहरू हुन् । यी पुस्तक यसअघि नै नेपालीभाषामा प्रकाशित भइसकेका छन् ।