• २०८० जेठ २१ आइतबार

२०९ औँ भानु जयन्तीमा काव्य गोष्ठी

मनमति साहित्य समाजको आयोजनामा २०९ औँ भानुजयन्ती विशेष काव्य गोष्ठी सम्पन्न भयो । गोष्ठीमा अतिथि साहित्यकारहरू क्रमश सुरेश घिमिरे, गंगा अभिलाषी, उमा ओडारी, जनकराज अधिकारी, बिनुबाबा घिमिरे, सीता पाण्डे, रामप्रसाद अधिकारी लगायत १५ जना सर्जकले आआफ्ना कविता, खोरिया, मुक्तक वाचन गर्नुभएको थियो ।

विशिष्ट अतिथि गंगा लिगलले भानुभक्तको कविता रामायणले सबैलाई पढ्न र गाउन सिकाएको बताउँदै यसले नेपाली जनमा आध्यात्मिकताको जग बसालेको र बलियो लयात्मकता भानुभक्तले नेपाली भाषामा दिएको बताउनु भयो । उहाँले आफूलाई मनपरेका श्लोकहरू समेत वाचन गर्नुभएको थियो । साहित्यकार डा. बमबहादुर थापाले पनि आफ्ना रचना वाचन गर्नुभएको थियो ।

मणिराज सिंहले भानुभक्त नेपालीमात्रका जातीय कवि हुन्भन्दै आदिकवि भानुभक्त माथि श्रद्धा व्यक्त गर्नुभयो ।उहाँले मनमति साहित्य समाजलाई शुभकामना व्यक्त गर्दै “खै कहाँ हरायो माटोको सुगन्धरु” कविता वाचन गर्नु भयो ।

यस्तै जनार्दन अधिकारी धड्कनले खोरिया र कविता वाचन गर्नु भयो ।कार्यक्रमको अन्त्यमा श्रीधर पौडेलले सुन्दर मुक्तक वाचन गर्नुभयो ।मनमति साहित्य समाजका अध्यक्ष श्रीधर पौडेलको अध्यक्षता एवं वरिष्ठ साहित्यकार डा. बमबहादुर थापा जीताली, गंगा लिगल, मणिराज सिंह, लक्ष्मीप्रसाद मिश्र, खगेन्द्र बस्यालको विशिष्ट आतिथ्यता र जनार्दन अधिकारी धड्कनको कुशल उद्घोषणमा कार्यक्रम सम्पन्न भएको थियो ।