• २०८१ श्रावाण ११ शुक्रबार

किनकी तिमी खास छौ

कुमाराज सुबेदी

कुमाराज सुबेदी

घामको पहिलो किरण सगैं
दर्शन मिलोस्  तिम्रो
जता जता मेरो नजर
त्यही पुगोस् तिम्रो ।

अत्तर बनोस् तिम्रो स्वास
याद बनोस साथ
आँखा तिम्रो ज्योति बनुन
सहारा बनुन हात ।

छली छली नजर मिलोस्
मुस्कान एकै नास
थोपा थोपा बनोस् प्याला
सँगीतमय होस् साथ ।

पँख बनोस् केश राशी
मृदुल होस् स्पर्ष
बिघ्नबाध हटुन सबै
गरौंला मिली संघर्ष ।

नजर रहोस् अम्मृतसरी
मायाअपरम्मपार
तिम्रो स्तुति गाई रहूँ
बनाई गितासार ।


कुमाराज सुबेदी, अष्टेलिया
[email protected]