• २०८३ बैशाख २७, आईतवार

महानन्द साहित्य साधक सम्मान २०२२ माया ठकुरीलाई

काठमाडौं । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज ड्यालस मार्फत यसपालीको महानन्द साहित्य साधक सम्मान २०२२ कथाकार माया ठकुरीलाई प्रदान गरिने भएको छ । ३ जुलाईमा ड्यालसमा आयोजित कार्यक्रममा उक्त सम्मानको घोषणा अनेसास ड्यालसका सँस्थापक अध्यक्ष भीम कार्कीले गरेका थिए ।

सम्मान र सम्मान राशिका प्रायोजक महानन्द साहित्य गुठी रहेको छ । “शिक्षा र साहित्यमा शिक्षा तथा साहित्यसेवी महानन्द सापकोटाले गर्नुभएको योगदानको स्मरण र समकालीन बाङमयको सम्मानका निम्ति गुठीले सन् २०१३ देखि यस पुरस्कार बर्षेनी दिँदै आएको छ ।” गुठीकी सँस्थापिका तथा महानन्दकी नातिनी बुहारी सीता सापकोटाले भनिन् ।

कार्यक्रम अनेसास ड्यालसकी अध्यक्ष निर्मला राईको सभापतित्वमा भएको थियो भने अनेसास बिओटी उपाध्यक्ष पदम विश्वकर्मा प्रमुख अतिथि थिए । कार्यक्रममा गुठीका अध्यक्ष सिमरन सापकोटा, अनेसासकी बिओटी रोहिणी शर्मा, अनेसास ड्यालसका पूर्व अध्यक्ष वासु शर्मा, कथाकार केशव ज्ञवाली, एएनए कार्यक्रम संयोजक कृष्ण कुसुमआदिको उपस्थिति थियो भने कार्यक्रम सञ्चालन सुमन काजीले गरेका थिए ।

कथाकार माया ठकुरीलाई यसै साता काठमाडौँमा सम्मान राशि हस्तान्तरण गरिने कुरा अनेसास ड्यालसका सल्लाहकार समेत रहेका विप्लव प्रतीकले बताए । सम्मान राशि पचास हजारको छ भने महानन्द साहित्य साधक सम्मान सर्वप्रथम साहित्यकार विप्लवलाई सन् २०१३ मा प्रदान गरिएको थियो ।