• २०८१ असोज २८ सोमबार

लेखक बन्न चाहन्छौ भने…

चाल्र्स बुकोवस्की

चाल्र्स बुकोवस्की

नलेख
यदि विस्फोट भएर निस्केन भने
विना कुनै प्रयोजन
नलेख ।

यदि नसोधी- नभनी निस्केन भने
तिम्रो मन र मस्तिष्क
अनि जिब्रो र पेटमा
नलेख ।

यदि घन्टौँ  बस्नु पर्यो भने
कम्प्युटरलाई ताकेर
या टाइपराइटरसँग बोझ बनेर
शब्दहरू खोज्दै
नलेख ।

यदि पैसाका लागि
विख्यातिकै लागि लेख्दैछौ भने
नलेख ।

यदि लेख्दै छौ-
यो बाटो
कुनै महिलाको सयनकक्षसम्म लैजाने
हो भने
नलेख ।

यदि तिमीलाई फेरि
पटक-पटक सच्याउनुपर्छ भने
छोडिदेऊ ।

यदि कोही अरूले जस्तै
लेख्ने सुरमा छौ भने
बिर्सिदेऊ ।

यदि लरबराएको आवाज सन्तुलन गर्न
समय लाग्छ भने
त्यसलाई समय देऊ
होइन भने
सामान बाँध ।

आफ्नी पत्नी, प्रेमिका या प्रेमी
अथवा मातापिता या आलोचकलाई
पहिला पढेर सुनाउनुपर्छ भने
तिमी अहिले सिकारु नै छौ ।

असङ्ख्य लेखकजस्तो न बन
ती हजारौँ जस्तो
जो स्वयंलाई भन्छन् ‘लेखक’
उदास, खोक्रो र नक्सा बनाउने ।
तिम्रो साम्प्रदायिकताले
संसार भरिका पुस्तकालय
त्रस्त भइसकेका छन्
नबडाऊ यसलाई ।

बिन्ती छ, नबडाऊ
जबसम्म तिम्रो आत्माको धर्तीबाट
लामो दूरीको क्षेप्य्रास्त्रजस्तो
निस्किँदैनन् शब्द,
जब सम्म मौतनाले
तिमीलाई पूर्णिमाको रातको ब्वाँसो जस्तो
पागल या हत्यारा बनाउँदैन
जबसम्म तिम्रो नाइटोको सूर्यले
तिम्रो कोठामा आगो झोस्दैन
नलेख, नलेख, नलेख !

किनभने समय आउने छ जब
र, तिमीले पाउने छौ त्यो वरदान
तिमी लेख्ने छौ अनि लेखिरहने छौ
तबसम्म
जबसम्म भस्म हुँदैन
तिमी या तिम्रो नशा ।

कुनै अर्को उपाय छैन
कुनै अर्को उपाय थिएन पनि कहिल्यै ।