• २०८१ फागुन १ बिहीबार

मुक्तान थेबाको ‘मासिन्या’बजारमा

कवि मुक्तान थेबाको कवितासंग्रह ‘मासिन्या’ सार्वजनिक भएको छ ।काठमाडौं नयाँबजार खुशिबुस्थित थेबाला बुक्स विथ कफि क्याफेमा शनिबार आयोजित कार्यक्रममा कवि थेबाका आस्याङआङी (मामा माइजु) रत्नमान र असलीमाया तामाङले कवितासंग्रह लोकार्पण गरेका हुन् ।

त्यस क्रममा मानवशास्त्री मुक्तसिंह तामाङ, स्रष्टाहरु भूपाल राई, प्रणिका कोयु, उज्ज्वल प्रसाईं, गुरुङ सुशान्त, फूलकुमार बोम्जन लगायत उपस्थित थिए ।
संग्रहमा आदिवासी जनजाति समुदाय तामाङलाई मासिन्याको रुपमा लिँदै तत्कालीन राज्यव्यवस्थाले गर्दै आएको थिचोमिचो, विभेद र उत्पीडन विरुद्धको आवाज उठान भएका छन् । ‘अँध्यारो- उज्यालो’, ‘गाई, गोरु, बहर, बाछा, बाछी’ र ‘आदिवासी पृथ्वी र चोरऔंले शासक’ गरी तीन खण्डमा विभाजित संग्रहमा ५३ वटा कविताहरु छन् । नेपाली कवितामा उन्मुक्त पुस्ता अभियानका अभियन्ता थेबाले कवितासंग्रहलाई आन्दोलनकै एक हिस्साको रुपमा रहेको बताए ।